दार्चुला । नेकपा एमाले अध्यक्ष केपी सर्भा ओली दार्चुला आउनुहुने भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको क्रममा नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री ओलीले कार्तिक १८ गते विहान ११ बजे दार्चुला सदरमुकाम खलंगा खुला मञ्चबाट विशाल आम सभा उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले दार्चुलाका उपसचिव एबं प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो ।
राष्ट्रियता बोकेको कालापानी, लिपुलेक र लिम्पियाधुराको जिल्ला दार्चुलाबाट नेकपा एमालेको राष्टब्यापी चुनावी अभियानको सुरुवात “चुच्चे नक्साले ओगेटेको भू-भाग फिर्ता ल्याउन मंसिर ४ गते एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरौँ ” भन्ने नाराका साथ नेकपा एमालेका अध्यक्ष ओली कार्तिक १८ गते विहान ११ बजे दार्चुला सदरमुकाम खलंगा खुला मञ्चबाट विशाल आम सभा समुद्घाटन गरिने भएकोले सम्पूर्ण दार्चुलावासी जनसमुदायहरुमा सहभागिताको लागि अनुरोध गरिएको बडालले बताउनुभयो ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया