रानिशिखरमा गठबन्धनको कोणसभा, ६० जना कांग्रेश प्रवेस

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ४ रानिशिखर चालइखालमा सत्तारुढ गठबन्धनको कार्यकर्ता भेला तथा कोणसभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री, कांग्रेश नेता एबं प्रतिनिधिसभा उम्मेदवार दिलेन्द्रप्रसाद बडू, सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माओबादी नेता एबं प्रदेश सभा क्षेत्र नम्बर २ का उम्मेदवार मानबहादुर धामी लगायतले सम्बोधन गर्नुभएको छ ।

सम्बोधनका क्रममा मन्त्रीद्धय बडू र धामीले संबिधानको रक्षा र विकासका लागि गठबन्धनलाई जिताउन अनुरोध गर्नुभयो । केपी शर्मा ओली नेतृत्वको एमालेले संबिधानको रक्षा गर्न नसकेकोले संबिधान बचाउन गठबन्धन बनाउनुपरेको मन्त्री बडूको भनाई छ । प्रदेशबाट रानिशिखरमा खानेपानी र विद्यालय भवनको योजना आफुले हालेको प्रदेशसभाका उम्मेदवार धामीको भनाई छ । कार्यकर्ता भेटघाटपछि आयोजित कोणसभामा एमाले परित्याग गरी ६० जनाले नेपाली कांग्रेशमा प्रवेस गरेको बताइएको छ ।

कार्यक्रममा उम्मेदवारहरुसंगै कांग्रेश दार्चुलाका सभापति ललितसिंह बोहरा, कांग्रेश नेता जगदिशबहादुर पाल, माओबादी नेता जमनसिंह धामी लगायत नेताहरुको आतिथ्यता रहेको कार्यक्रम सञ्चालक नेबि संघ शैल्यशिखर काठमाण्डौँ सम्पर्क समिति संयोजक बिष्णुसिंह बोहराले जानकारी दिनुभयो ।

सायद ४ जना मानिसहरू, उभिएका मानिसहरू, हिमाल तथा  रूख को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?