दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

दार्चुला । ब्यास गाउँपालिका ५ धौलाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मंगलबार विहान भएको दुर्घटनामा ब्यास गाउँपालिका वडा नम्बर ४ का अन्दाजी ४० वर्षीय देवानसिंह बिष्टका घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार ब्यास गाउँपालिका ४ डोकटबाट सदरमुकाम आइरहेको सु प प्र ०२००१० च १४४७ नम्बरको ट्याक्टर दार्चुला तिंकर सडकको धौलाकोटमा सडकबाट ५० मिटर तल खसेको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सायद 1 व्यक्ति तथा  घरभित्र को तस्बिर हुनसक्छ

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?