तिहारमा घरदैलोः महाकाली पुग्यो मन्त्री बडू नेतृत्वको टोली

दार्चुला । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि प्रचारप्रसार एवं घरदैलो कार्यक्रम अन्तर्गत लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री दिलेन्द्र प्रसाद बडू, प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार नेपाली काँग्रेसका महासमिति सदस्य बिक्रम सिह धामीले मंंगलवार महाकाली नगरपालिकाको वडा ८ धौकोट, काँकडा र सुरकाडा गाउँमा घरदैलो एवं भेटघाट गरेका छन् ।

भेटघाट तथा घरदैलोका कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य एवं मन्त्री बडूले आफ्नो पालामा बनेका विकास निर्माणमा आफूपछी जितेकाहरुले कुनै योगदान नगरेकाले दार्चुलाको विकासको लागि यसपटक आफूलाई अवसर दिन आग्रह गर्नुभएको छ । दार्चुलाको प्रतिनिधि एमालेका गणेश ठगुन्नाले विकास गर्न नसकेको तथा मन्त्री बन्नकै लागि जनप्रतिनिधिको सर्वोच्च थलो संसदलाई कानून विपरित २/२ पटक विघटन गर्ने केपी ओलीलाई सहयोग गरेको हुँदा फेरि सांसद बन्नको लागि उहाँले जनता सित मत माग्ने कुनै नैतिक आधार नभएको मन्त्री बडूको भनाइ थियो । मन्त्री बडूले अहिले उद्योग मन्त्रालयको जिम्मेवारी पाँउदा दार्चुलाका ८ वटा ठाउँमा खाद्य डिपो स्थापना गरिएको र १६ वर्षपछि जिल्लामा खाद्यको कार्यालय स्थापना गरिएको, महाकाली नगरपालिका वडा नम्बर ८ असीगाडामा नेपाल–भारत जोड्ने मोटरेवल पुलको शिलान्यास समेत गरिएको हुँदा दार्चुलाको विकासको लागि एक पटक आफूलाई अवसर दिन आग्रह गरेको नेपाली काँग्रेस जिल्ला कार्यसमिति कोषाध्यक्ष एवं पूर्व महाकाली नगरप्रमुख हंसराज भट्टले बताउनुभयो ।

यस्तै प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विक्रम सिह धामीले दार्चुला जिल्ला प्राकृतिक, सांस्कृतिक र धार्मिक रूपमा सु सम्पन्न जिल्ला भएकाले पनि २०६४ देखि केन्द्रमा पहुँच राख्न सक्ने प्रतिनिधि नपाउँदा जिल्लाको समृद्ध हुन नसकेको बताउनुभयो । साथै उहाँले राजनीतिक कार्यकर्ता मात्रै नभएर देवभूमी दार्चुलालाई हिन्दु धर्मावलम्बीको प्रमुख धार्मिक तिर्थस्थल बनाउने अभियानको अभियान्तासमेत आफू भएकाले क्षेत्र नम्बर १ का जनताको आशिर्वाद पाँउनेमा आफू ढुक्क रहेको विस्वास व्यक्त गर्नुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?