दार्चुला । दार्चुलामा म्यादी प्रहरीको १० दिने तालिम समापन भएको छ । असोज ३० गतेदेखि जिल्ला प्रहरी कार्यालयमा सञ्चालन भएको म्यादी प्रहरीको १० कार्य दिन अवधिको तालिम मंगलबार सम्पन्न भएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डेयले प्रहरी कर्मचारीहरु र म्यादी प्रहरीहरुलाई आवश्यक निर्देशन दिदै तालिमको समापन गर्नुभयो ।
दार्चुलामा ८२९ जना म्यादी प्रहरी छनोट भएका छन् । उनिहरुलाई तत्कालका लागि घर पायक पर्ने गरी नजिकको प्रहरी युनिटहरुमा पठाइएको र तिहार लगत्तै सम्बन्धित निर्वाचन केन्द्रमा खटाउने तयारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो ।
म्यादी प्रहरीको मौखिक परीक्षामा १,२३० जना सहभागि भएकोमा ८२९ जना छनोट गरेर उनिहरुलाई आवश्यक तालिम दिइएको हो । निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुलाई प्राथमिकतामा राखिएको छ ।
म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गरिएको र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गरिने बताइएको छ ।

विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया