दार्चुला । नेकपा एमालेको प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशी लगायतको टोलीलाई लेकम गाउँपालिकामा भव्य स्वागत भइरहेको छ । चुनावी घरदैलो अभियान अन्तर्गत लेकम गाउँपालिका वडा नम्बर ५ हुँदै वडा नम्बर १ सर्मोलीको बडिपुर कोठार लगायतका वस्तीमा टोलीको भव्य स्वागत भएको हो । ठगुन्ना नेतृत्वको टोली आजै वडा नम्बर १ को गाउँबस्ती भेटघाट सकेर वडा नम्बर २ कुणी पुग्ने कार्यक्रम रहेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

तिहारमा समेत चुनावी अभियान गरिरहेको टोलीलाई मंसिर ४ गते हुने निर्वाचनमा विजयी गराउन ठाउँ ठाउँमा स्वागत भइरहेको छ । लेकम गाउँपालिकाको सुख्खाग्रस्त क्षेत्रमा खानेपानी ल्याउन महत्वपूर्ण योगदान पुर्याएका पूर्व मन्त्री समेत रहनुभएका ठगुन्नालाई जनताले घरघरमा स्वागत गरिरहेको ठगुन्नाका स्वकीय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिनुभयो । कहिल्यै वस्तीमा पानी नपुगेको ठाउँमा चौलानी नदीबाट पानी लिफ्ट गर्दै लेकममा खानेपानी योजना निर्माणाधिन छ । सांसद ठगुन्नाको कार्यकालमा विशेष निर्णय गराएर सो क्षेत्रमा सुदूरपश्चिममै सबैभन्दा ठूलो खानेपानी योजना आएको हो । जनतालाई प्रत्यक्ष लाभ हुने गरी योजना आएको भन्दै स्थानीयले ठगुन्नाको स्वागत गरिरहेका छन् । लेकम क्षेत्रलाई सडक सञ्जालमा जोड्न, विद्युतीकरण, खानेपानी, लगायतका क्षेत्रमा ठगुन्नाको योगदान अतुलनीय रहेको लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले बताउनुभयो ।

वडा नम्बर १ का वस्ती भेटघाटको १३ जनाले एमालेमा प्रवेस गरेको बताइएको छ । प्रवेस गर्नेहरुमा गोपालसिह बोहरा, महादेव साउँद, जयराज पन्त, गजीराम लावड, भोकेराम लावड, सुन्दरसिह विष्ट, सुनपति विष्ट, पदम विष्ट, सोबानसिह विष्ट, धवलसिह विष्ट, मोहनदेव विष्ट, गंगादेवी विष्ट र धनबहादुर विष्ट रहेका छन् । उनिहरुलाई उम्मेदवारद्धय गणेश ठगुन्ना र हरदेब जोशीले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

यस्तै प्रदेश सभा २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोली चुनावी घरदैलो अभियान अन्तर्गत नौगाड गाउँपालिका पुगेको छ । नौगाड गाउँपालिका वडा नम्बर १ सुण्डमुण्डमा आयोजित स्वर्गीय बिरबहादुर ठगुन्नाको स्मृति सभालाई सम्बोधन गर्दै यो क्षेत्रको विकासको लागि आफुसधै सक्रिय रहने बताउनुभयो । उहाँले भन्नुभयो, हाम्रा अग्रज नेता बीरबहादुर ठगुन्नाका अधुरा सपना पूरा गर्ने जिम्मेवारी मेरो काधमा आएको छ । पार्टी निर्माणमा उहाँले पुर्याएको योगदानको चर्चा गर्दै जोशीले भन्नुभयो, उहाँको क्षेत्रमा यो पटक एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर जिताउन अपिल गर्छु । एमालेमात्रै यो क्षेत्रको विकासमा लागेको भन्दै कमिसनको पछि लागेकाहरुलाई भोट दिएर नपछुताउन जनताहरुमा आग्रह गर्नुभयो ।

यसैबीच नेकपा एमाले अपिहिमाल गाउँपालिका वडा नम्बर ४ मा वडास्तरीय प्रचारप्रसार समिति गठन भएको छ । शैल्यशिखर, मार्मा, दुहुँमा पार्टीको प्रचार प्रसार वडा कमिटी गठन भइरहेको एमाले कार्यालय सचिव नारायणदत्त भटटले जानकारी दिनुभयो ।

सायद १० जना मानिसहरू, उभिएका मानिसहरू, रूख, घरबाहिर तथा  'FOR' भन्ने पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?