दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–५ किम्तडीस्थित सडकमा शनिबार मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाईते भएका छन्।
से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक महाकाली नगरपालिका–५ का हिमांशु शाही र पछाडी सवार सोही नगरपालिका–४ का बिरेन्द्र टमटा घाइते भएका हुन्।
टमटाको अवस्था गम्भीर रहेको र उनलाई उपचारका लागि भारतको पिथौरागढ लगिएको प्रहरीले जनाएको छ। चालक शाहीको भने जिल्ला अस्पतालमा उपचार भइरहेको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया