दार्चुलामा आफ्नै कारणले बालकको मृत्यु भएको भारतीय पक्षद्धारा स्वीकार, क्षतिपूर्ति दिन तयार

दार्चुला । दार्चुलामा बालकको मृत्युको जिम्मेवार आफू रहेको भारतीय पक्षले स्वीकार गरेको छ। शुक्रबार जिल्लाको व्याँस गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने बेला एक बालकको ज्यान गएको थियो।

भारतले तावाघाट लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा दुम्लिङका १२ वर्षीय बालक पवन महराको मृत्यु भएको हो। यस्तै १४ वर्षीया सरीना महरा घाइते भएकी छन्। अहिले उनको जिल्ला अस्पतालमा उपचार जारी रहेको बताइएको छ।

सोही घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्याँस गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, आज (शनिबार) भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ। भारतीयले रियलाइज (गल्ती स्वीकार) गरेको छ। क्षतिपूर्ति दिन निर्माण कम्पनी छ।

अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने, १० लाख क्षतिपुर्ति दिने र परिवारको एक जनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको छ। तर, नीजि कम्पनी भएकाले आफूहरुलाई रोजगारी भन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ। भोलि घटनाबारे प्रशासनिक नेतृत्व बिच पनि छलफल हुने बताइएको छ । आजको छलफलमा व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामी, सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान सदस्य गेल्बुसिंह बोहरा, व्यासका पूर्वअध्यक्ष दिलिपसिंह बुढाथोकी र पीडित परिवारका सदस्यको सहभागिता रहेको थियो ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन विस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो। घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो। उनीहरुले अन्तराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विष्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन्।

यसअघि पनि भारतबाट आएका ढुंगा तथा विस्फोटको कम्पनले आफ्नो घर चर्किएको, खेत बाँझिएको र आँगनमा बाधिएका पशुवस्तु समेत मरेपछि विस्थापित भएको मृतक बालकका बुवा हिक्मतसिंह महराले बताउनुभयो । अहिलेसम्म नेपाल सरकारले भने यो घटनाबारे आधिकारीक धारणा सार्वजनिक गरेको छैन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?