दार्चुला । सुशासनसहितको आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो लोकदर्पण ९४.६ मेगाहर्ज (समाजको ऐना) को चौथो वार्षिकोत्सब सम्पन्न भएको छ । लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपाताबाट सञ्चालित रेडियो लोकदर्पणको चौथो वार्षिकोत्सब एक कार्यक्रमकाबिच शनिबार (आज) रेडियो लोकदर्पणको कार्यालयमा सम्पन्न भएको हो ।

मालिकार्जुन सामुदायिक संस्थाका अध्यक्ष एबं रेडियो लोकदर्पणका स्टेशन म्यानेजर लोकेन्द्रप्रसाद जोशीको अध्यक्षतामा आयोजित कार्यक्रममा लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको प्रमुख आतिथ्यता रहेको थियो । लेकम गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष बल्देबसिंह बोहरा, लटिनाथ नमुना माबिका बिव्यस अध्यक्ष एबं पण्डित जयदेब बिष्ट, लटिनाथ नमुना माबिका निमित्त प्रधानाद्यापक महेशराज जोशीको विशेष आतिथ्यता रहेको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, शुभचिन्तक, सञ्चालक समिति, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो । वार्षिकोत्सबको अवसरमा वर्ष २०७८ को उत्कृष्ट कर्मचारीको रुपमा रेडियो लोकदर्पणका समाचार र उत्पादन प्रमुख लक्ष्मी भाट र लगनशिल कर्मचारीको रुपमा समाचार वाचक र कार्यक्रम प्रस्तोता दुर्गादत्त मिश्रलाई सम्मानित गरिउको छ । मालिकार्जुन सामुदायिक संस्थाका कोषाध्यक्ष जानकी देबी जोशीलाई उत्कृष्ट सञ्चालकको रुपमा सम्मानित गरिएको छ । रेडियोको विकासमा सहयोग पुर्याउदै आएका १५ वटा संस्था र व्यक्तित्वलाई समेत प्रशंसा पत्रमार्फत सम्मानित गरिएको रेडियो लोकदर्पणका व्यवस्थापक नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

रेडियोका स्टेशन म्यानेजर लोकेन्द्र प्रसाद जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक, भौतिक, प्राविधिक र व्यवस्थापकिय अवस्थाबारे जानकारी दिनुभयो । रेडियो लोकदर्पणले विहान ५ बजेदेखि राती साढे १० बजेसम्म हरेक दिन साढे १७ घण्टा शिक्षा, सूचना, समाचार र मनोरञ्जनको क्षेत्रमा काम गर्दै आएको छ । उहाँका अनुसार रेडियोको आर्थिक वर्ष २०७८/०७९ को बार्षिक आम्दानी ३१ लाख र खर्च ४३ लाख रहेको छ । गत आर्थिक वर्षमा रेडियोको आफ्नै कार्यालय भवन निर्माण, क्षमता अभिबृद्धि लगायत संस्थागत विकासका काम गर्नुपरेकोले खर्च धेरै भएको उहाँले बताउनुभयो । स्थापना कालदेखिको लगानी, विभिन्न समयमा संस्थागत विकासका लागि झिकिएको रिण र भवन निर्माणका बेला भएको खर्चको भुक्तानी बाँकी लगायत रकम गरेर रेडियो झण्डै ४२ लाख घाटामा रहेको रेडियो व्यवस्थापन शाखाले जनाएको छ । कार्यक्रमका सहभागिहरुले रेडियोको गुणस्तर अभिबृद्धिका लागि सुझाबहरु प्रदान गरेका थिए । कार्यक्रमका अतिथिहरुले सञ्चारको क्षेत्रमा दुर्गम क्षेत्रबाट रेडियो लोकदर्पणले पुर्याएको योगदानको प्रशंसा गर्दै अगामी दिनमा निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीले विभिन्न चुनौती र अभावका विच समेत दुर्गम क्षेत्रबाट सञ्चारको क्षेत्रमा प्रशंसनीय काम गरिरहेको भन्दै रेडियो लोकदर्पण परिवारलाई धन्यबाद सहित शुभकामना व्यक्त गर्नुभयो । रेडियो लोकदर्पणले वार्षिकोत्सबको अवसरमा सहयोगी सबैलाई धन्यबाद ज्ञापन गरेको छ ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?