दार्चुला घटनाः मृतक बालकका परिवारलाई १६ लाख क्षतिपूर्ति, आफन्त शव बुझ्न तयार

दार्चुला । दार्चुलामा सडक निर्माणका क्रममा खसेको ढुङ्गा लागेर ज्यान गुमाएका १२ वर्षीय पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले १० लाख भारु अर्थात १६ लाख रुपैयाँ क्षतिपूर्तिबापतको रकम प्रदान गरेको छ ।

धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आज आइतवार भएको छलफलपछि भएको सहमतिअनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएको दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिनुभयो ।

एसडीएम कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको ज्यान गएको थियो । बालककी दिदी १४ वर्षकी सरिना महरा घाइते भएकी छिन् । यसैबीच आउँदा दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षले पूर्वजानकारी दिनुपर्ने सहमति पनि भएको छ ।

यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्तले बालकको शव बुझ्ने भएका छन् । शव अहिले परीक्षणका लागि जिल्ला अस्पताल दार्चुलामा राखिएको छ । प्रक्रिया पूरा गरेर शव परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

क्षतिपुर्ती दिने विषयमा हिजै सहमति जुटेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताउनुभयो । भारतीय पक्षले गल्ति महसुस गरेपछि कुरा मिलेको हो, उहाँले भन्नुभयो, जिलेटिन विस्फोट गराउँदा पूर्वजानकारी दिनुपर्ने लगायत सहमति भएको छ । यसअघि पनि सीमा क्षेत्रमा भारतीय पक्षको असावधानी र दादागिरीका कारण नेपालतर्फ क्षति हुँदै आएको छ ।

यसैबिच मृतकको परीवारलाई व्यास गाउँपालिकाले किरिया खर्च बाफत ३० हजार रुपैयाँ राहत प्रदान गरेको अध्यक्ष धामीले बताउनुभयो ।

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?