गठबन्धनको मूल टोली नौगाड हुँदै मार्मा पुग्यो, दुहुँ क्षेत्रमा घरदैलो गर्दै बिक्रम धामी

दार्चुला । लोकतान्त्रिक बाम गठबन्धनको मूल प्रचारप्रसार टोली नौगाड हुँदै मार्मा पुगेको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार एवं उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री दिलेन्द्र प्रसाद बडू र सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले नौगाड गाउँपालिकाको सिप्टी र मार्मा गाउँपालिकाको निम्ठामा घरदैलो कार्यक्रम गर्नुभएको छ ।

घरदैलो गर्दै उनिहरुले जिल्लाको समग्र विकासका लागि गठबन्धनलाई जिताउन आग्रह गरेका छन् । कार्यकर्ता र मतदाता भेटघाटका क्रममा मन्त्री द्धयले विकास र लोकतन्त्र तथा संबिधानको रक्षाका लागि गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार बिक्रम सिह धामीको टोली महाकाली क्षेत्रमा घरदैलो गरेर दुहुँ गाउँपालिकाको सिमली हुदै ब्रम्हदेव पुगेको छ । घरदैलोमा रहनु भएका उम्मेदवार धामीलाई जनताले फुलमालाले स्वागत गरेका छन् ।

महाकाली नगरपालिकामा आयोजित कोणसभामा बोल्दै नेपाली काँग्रेसका सचिव पुलेन्द्र बहादुर कार्कीले दार्चुलामा एमाले जितेर बिकास भन्दा पनि बिकृती मात्रै बढेको धारणा राख्नुभयो । तत्कालीन जिविसमा एमालेले नेतृत्व गर्दा पार्टी संचालनको लागी जिविसबाट बितरण हुने योजनामा लेवि भनेर कमिसन उठाएर जिल्लामा कमसिनमा योजना बेच्ने कामको सुरुवात गरेको आरोप लगाउनुभयो ।

कोणसभामा आफ्नो धारणा राख्दै प्रदेश सभा सदस्य पदका उम्मेदवार बिक्रम सिह धामीले ५ बर्षसम्म संसद चलाएर राजनीतिक स्थिरता कायम गरेर समृद्धिको जग हाल्न र संविधान र लोकतान्त्रको रक्षा गर्न लोकतान्त्रिक बाम गठबन्धनले जित्नु आवश्यक रहेको बताउनुभयो । साथै उहाले आफुले जनता र समाजको हित बाहेक अर्को कुनै स्वार्थ नराखेको हुँदा जनताको आशिर्वाद पाएर आफू सांसद बने संसदको गरिमा प्रतिष्ठा बढाउन असल सांसद बन्ने बताउनुभयो । जिल्ला प्राकृतिक, सास्कृतिक रूपमा सम्पन्न भएको हुँदा यहाँका प्रमुख धार्मिक क्षेत्र एवं पवित्र गंगा महाकाली र चौलानीलाई तिर्थ बनाएर दार्चुला जिल्लालाई धार्मिक पर्यटकिय क्षेत्र बनाउने अभियानको आफू अभियान्ता समेत भएकोले आफुलाई साथ सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

भेटघाट एवं घरदैलो कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि सुरेन्द्र बम, माओवादी केन्द्रका नेत्री भागरती बडाल लगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?