मार्मामा माओवादी नेता बिष्ट नेतृत्वमा पाँच जना एमाले प्रवेस

दार्चुला । नेकपा माओवादीका पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर गणेशसिह विष्ट लगायतको टोली नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले मार्मा गाउँ कमिटीले थालेको घरदैलो अभियानको क्रममा विष्ट एमाले प्रवेश गरेका हुन् ।

यस्तै नेकपा माओवादी केन्द्र मार्मा गाउँ कमिटीका नेता मदन विष्ट, मदनबहादुर विष्ट, महानी विष्ट र महेश विष्ट नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य खेमराज जोशीले जानकारी दिनुभयो । यस्तै नौगाड गाउँपालिका १ इयरकोटका जगतसिह तोलिगाई नेकपा एमालमै फर्किएका छन् ।

हिजो गठबन्धनका कार्यकर्ताले जबरजस्ती आफुलाई प्रवेश गराएको भन्दै आफु एमालेमै रहेको आइतबार विज्ञप्ती जारी गरेका छन् । एमालेका प्रदेश सभा समानुपातिक उम्मेदवार दीपा बुढाथोकी घरदैलो अभियानमा पुगेको बेला तोलिगाई एमालेमै फर्किएको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले जानकारी दिनुभयो ।

सम्बन्धित समाचारः ठगुन्नाद्वारा चमेलिया लिफ्टीङ खानेपानी योजनाको निरीक्षण, १४०० घरमा खानेपानी पुग्ने

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?