डाडाकोटमा छ जना कार्यकर्ता एमाले प्रवेस, विकासको अभियान वर्तमान सरकारले रोक्योः ठगुन्ना

दार्चुला । नेकपा एमाले दार्चुलाको तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेब जोशी नेतृत्वको प्रचार टोली लेकम गाउँपालिकाका सबै वडामा मतदातासंग भेटघाट गरेर मालिकार्जुनको वडा नम्बर ५ डाडाकोट पुगेको छ । एमालेको मूल प्रचार टोलीलाई डाडाकोटमा भव्य स्वागत गरिएको छ ।

डाडाकोटमा भएको भेटघाट कार्यक्रममा नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरि छ जना कार्यकर्ताले नेकपा एमालेमा प्रवेस गरेका छन् । प्रवेस गर्नेहरुलाई नेपाली कांग्रेशका वडा समिति उपसभापति पुष्कर सिंह बोहरासहित कांग्रेशबाट लाल बहादुर पाल, जनक चन्द, जगन्नाथ अवस्थी एमालेमा प्रवेस गरेका छन् । यस्तै नेकपा माओबादी केन्द्रबाट गाजस प्रमुख शेरबहादुर पाल र डाडाकोटका माओबादी प्रचारप्रसार समिति संयोजक कल्यान राम लोहार एमाले प्रवेस गरेका छन् । नवप्रवेसीहरुलाई प्रतिनिधिसभा उम्मेदवार गणेश सिंह ठगुन्ना र प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेव जोशीले टिका लगाएर पार्टीमा स्वागत गर्नुभयो । आसन्न मङ्सिर ४ गतेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको पूर्व सन्ध्यामा सबै उम्मेदवार प्रचारप्रचारमा व्यस्त रहेका छन् । प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी नेतृत्वको टोलीले नौगाड गाउँपालिकाका विभिन्न वडामा मतदातासंग भेटघाट गरिरहेको छ ।

एमालेले सुरु गरेको विकास र समृद्धिको अभियान वर्तमान सरकारले रोकेको छः ठगुन्ना
प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाले नेकपा एमालेले सुरु गरेको विकास र समृद्धिको अभियान वर्तमान सरकारले रोकेको बताउनुभएको छ । अहिलेको गठबन्धन अप्राकृतिक र स्वार्थी समुहको गठजोड मात्रै भएकोले जनाताले गठबन्धनलाई अस्वीकार गर्दै एमाले उम्मेदवारहरुलाई विजयी गराउने ठगुन्नाले दाबी गर्नुभयो । एमाले अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री भएको बेला विकास निर्माणको अभियान थालनी भएकोमा भारतीय इसारामा बनेको वर्तमान सरकारले विकास रोक्ने काम गरेको ठगुन्नाको भनाई छ ।

यातायात विस्तार अन्तरगत प्रतेक पालिका जोड्ने कालोपत्रे सडक निर्माणका लागि आफु मन्त्री हुदा लेकम गाउँपालिकासहित विभिन्न स्थानीय तहसंग सम्झौता भएको भएपनि एमालेले सुरु गरेको कालोपत्रे सडकको अभियान वर्तमान सरकारले अलपत्र पारेको ठगुन्नाले बताउनुभयो । प्रतेक पालिकामा आधारभूत अस्पताल निर्माण थालनी, सबै पालिकामा प्राविधिक शिक्षाको विस्तार, एक घर एक धारा खानेपानी अभियान अन्तरगत विकट ठाउँहरुमा समेत योजना निर्माणाधिन, सञ्चारको सुविधा दुर्गम क्षेत्रमा विस्तार र स्तरोन्नती गर्ने काम गरिएको, प्रधानमन्त्री रोजगार कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकिकरण, राष्टपति शैक्षिक सुधार कार्यक्रम, महाकाली करिडोर अन्तरगत तिकंर सडक सेनालाई हस्तान्तरण गरेर निर्माण कार्य अघि बढाएको, सीमा क्षेत्रमा सशस्त्र प्रहरीका गुल्म र बिओपी स्थापना गरिएको लगायत एमालेले विभिन्न काम गरेपनि वर्तमान सरकार आएपछि विकासमा अवरोध भएको उहाँको भनाई छ । दार्चुलाको झण्डै चार सय बर्गकिलोमिटर अतिक्रमित भूमी नेपालको नक्सामा समेटेर स्वर्गीय प्रेमसिंह धामी र बिरबहादुर ठगुन्नाको अभियानलाई सार्थकता दिने दिशामा एमाले अघि बढेको छ ।

विद्युतिकरणका लागि एमालेको पहलमा दार्चुलामा एक अर्ब बजेटको ठेक्का भइसकेकोले अब कसैले पहल गर्नु नपर्ने बताउनुभयो । तुइन उन्मुलन कार्यक्रम अन्तरगत सीमा नदीमा विभिन्न स्थानमा पुल निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । नेकपा एमालेको राष्टियता प्रतिको अडानले गर्दा भारतसहितका छ÷सात दल मिलेर एमालेको विरुद्धमा लागेपनि जनताले एमालेलाई बहुमत दिने ठगुन्नाले बताउनुभयो ।

विकास र समृद्धिका अभियानसंगै राष्टियताको संरक्षण र सामाजिक सुरक्षाका कार्यक्रम एमालेकै नीति र कार्यक्रम अन्तरगत अगाडी बढिरहेको ठगुन्नाले बताउनुभयो । भारतसंग सीमाको सौदा गरेको भए एमालेको सरकार ढल्ने थिएन, उहाँले भन्नुभयो, हामीले राष्टिय स्वाभिमानको पक्षमा काम गर्दा भारतीय एजेण्डको काम गर्दै आएका कांग्रेश लगायत दललाई परिचालित गरेर स्वार्थीहरुको कम्फटेबल सरकार बनाएको छ । जनादेश विपरीत सरकार बनेपछि नयाँ जनादेशमा जाउँ भन्नु संबिधान विरोधी काम नभएको बताउदै उहाँले प्रचण्ड र माधव नेपालले सुर्य चुनाव चिन्हबाट मत मागेर शेरबहादुर देउवाको पाउँमा जनमत बिसाउने प्रयास गर्दा ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटन गर्नुपरेको ठगुन्नाले स्पष्ट पार्नुभयो ।

सुशासन, विकास, समृद्धि र समावेसिताका लागि एमालेलाई विजयी गराउन प्रदेशसभा सदस्य पदका उम्मेदवार हरदेब जोशीले अनुरोध गर्नुभयो । आफुले अधुरा काम पुरा गर्नुका साथै सिगों प्रदेशसभा क्षेत्र नम्बर १ को विकासका लागि ज्यू ज्यान लगाएर काम गर्ने जोशीले प्रतिवद्धता जनाउनुभयो ।

सायद ३ जना मानिसहरू, उभिएका मानिसहरू तथा  घरबाहिर को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?