दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते युवकको मृत्यु

दार्चुला । दार्चुलामा मोटरसाइकल दुर्घटनामा घाइते भएका युवकको मृत्यु भएको छ। जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर ६ हुतीका २१ वर्षीय वीरेन्द्र टमाटाको मृत्यु भएको प्रहरीले बताएको हो।

गत शनिबार महाकाली नगरपालिका–५ किम्तडीमा से १ प २०७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका थिए। जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि टमाटालाई भारतको पिथौरागढ पठाइएकोमा त्यहाँबाट पनि हल्द्वानी लैजाने क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

चालक महाकाली–५ का हिमांशु शाही पनि दुर्घटनामा घाइते भएका र उनी आज जिल्ला अस्पतालबाट डिस्चार्ज भएका प्रहरीले बताएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?