ठगुन्ना नेतृत्वको टोली मालिकार्जुनबाट खलंगा फर्कियो, गाउँगाउँमा एमाले प्रवेशीको लहर

दार्चुला । नेकपा एमाले दार्चुलाको तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार गणेशसिंह ठगुन्ना र प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेब जोशी नेतृत्वको प्रचार टोली मालिकार्जुन गाउँपालिकाका विभिन्न वडामा मतदाता भेटघाट कार्यक्रम गरेर खलंगा फर्किएको छ । विहिबार (आज) ठगुन्ना नेतृत्वको प्रचारप्रसार टोली मालिकार्जुन गाउँपालिकाको सिराड, ठिङ, न्वालपानी, दोपखे हुँदै खलंगा प्रस्थान गरेको टोलीमा सहभागि युवा नेता दौलतसिंह ठगुन्नाले जानकारी दिनुभयो ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर २ ठिङमा भएको मतदाता भेटघाट कार्यक्रममा नेपाली काँग्रेस र माओवादी केन्द्र परित्याग गरि चार जना कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो । प्रवेस गर्नेहरुमा नेपाली कांग्रेशबाट पान सिंह धामी, गोपालसिंह धामी र प्रेमसिंह धामी तथा माओबादी केन्द्रबाट मोहनसिंह धामी रहेको बताइएको छ । नवप्रवेसीहरुलाई प्रतिनिधि सभाका उम्मेदवार गणेश सिंह ठगुन्ना र प्रदेश सभा क्षेत्र नम्बर १ (क) का उम्मेदवार हरदेव जोशीले टिका लगाइ स्वागत गर्नुभयो ।

यसैबिच बुधबार बेलुकी मालिकार्जुन गाउँपालिका वडा नम्बर २ सिराडमा भएको भेटघाटका क्रममा नेपाली कांग्रेश परित्याग गरी २०४९ र ५४ सालमा नेपाली कांग्रेशबाट निर्वाचित वडाअध्यक्ष देबसिंह धामी, गणेश सिंह धामी, राजिव सिंह धामी, नरेश सिंह धामी, जगदिश सिंह धामी र गोमती धामी गरी जना कार्यकर्ता नेकपा एमालेमा प्रवेस गर्नुभएको थियो । बुधबार दिउँसो मालिकार्जुन गाउँपालिका वडा नम्बर ६ उकु र बाँकुमा भएको भेटघाटका क्रममा २९ जना कार्यकर्ता नेकपा एमालेमा प्रवेस गरेको प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाले बताउनुभयो ।

प्रवेश गर्ने हरुमा २०४६ साल देखि नेपाली कांग्रेशमा आवद्ध भई २०४९ का उकु गा.वि.स. का निर्वाचित उपाध्यक्ष कुँवर राम पार्की, नेपाली कांग्रेशका पुर्व निर्वाचित समन्वय समिति सदस्य भवी महर, नेपाली काग्रेस मालिकार्जुन वडा नम्बर ५ वडा कमिटी सचिव मदन कुमार टमटा सहित २९ जना रहेका छन् । गाउँबस्ती भेटघाटका क्रममा एमालेप्रति जनताको आकर्षण देखिएको र आसन्न मंसीर ४ गतेको निर्वाचनमा विजय सुनिश्चित रहेको उहाँको भनाई छ ।

एमालेबाट दार्चुलामा प्रतिनिधि सभामा गणेश सिंह ठगुन्ना, प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा हरदेव जोशी, प्रदेश सभा क्षेत्र नम्बर २ (ख) मा रामदत्त जोशी र प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार दिपा देवी बुढाथोकी मतदातासंग गाउँगाउँ पुगेर भेटघाट गर्दै मत मागिरहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?