अपि र घोल्जरमा गठबन्धनको कार्यक्रमः केपीले दार्चुला आएर उटपट्याङ कुरा गरेको धारणा

दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर १ घोल्जरमा सत्तारुढ गठबन्धनको चुनावी कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य उम्मेदवार एबं उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यता र प्रदेशसभा सदस्य उम्मेदवार एबं सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री मान बहादुर धामीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेता कार्यकर्ताका साथै गठबन्धन समर्थक मतदाताहरुको उपस्थिति रहेको थियो ।

घोल्जरको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बडू र धामीले केपी शर्मा ओलीले दार्चुला आएर उटपट्याङ कुरा गरेको आरोप लगाउनुभयो । विकासका कुरा गर्नुपर्नेमा अरुको खिसिट्युरी गरेको मन्त्री द्धयको भनाई उद्धित गर्दै माओबादी केन्द्रका मार्मा गाउँकमिटी अध्यक्ष नरबहादुर बिष्टले जानकारी दिनुभयो । घोल्जरको सडक, सञ्चार, पर्यटन क्षेत्रको विकास गठबन्धनले नै गरेको उहाँहरुको भनाई छ । गणेश ठगुन्नाले सासंद विकास कोषको रकम बाड्दा समेत यो क्षेत्रलाई नहेरेको उनिहरुको भनाई छ ।

भोलि गठबन्धनको मूल प्रचारप्रसार टोलीले शैल्यशिखरको गोकुलेश्वर क्षेत्रमा भेटघाट तथा कार्यक्रम गर्ने तयारी छ । हिजो अपिहिमालमा गठबन्धनको आमभेला सम्पन्न भएको थियो ।

अपिहिमालमा सम्पन्न आमभेलालाई सम्बोधन गर्दै प्रदेस सरकारका मन्त्री धामीले प्रतिनिधि सभा उम्मेदवार बडूलाई मार्मा बासिले सम्मान गर्नुपर्ने धारणा राख्नुभयो । केपी ओलीको नक्कली रास्ट्रवाद जनताले चिन्नुपर्ने बताउदै उहाँले दार्चुलामा गठबन्धनको जित हुने दाबि गर्नुभयो । मार्मा क्षेत्रको बिकासमा आफुले योगदान पुर्याएको उहाँको भनाइ छ । यस्तै प्रतिनिधि सभा उम्मेदवार दिलेन्द्र प्रसाद बडूले लोकतन्त्र र विकासका लागि गठबन्धन जित्नुपर्ने आवश्यक रहेकोमा जोड दिनुभयो । जिल्लाको विकासको सुरुवात कांग्रेसले गरेको बडूको भनाई छ ।

कलाकारहरुको समेत उपस्थिति रहेको भेलामा उम्मेदवारहरुसंग स्थानीयले देउडा समेत खेलेर रमाइलो गरेका थिए । डेउडाबाटै गठबन्धनका उम्मेद्वार जिताउन आग्रह गरिएको थियो ।

सायद २ जना मानिसहरू, हिँडिरहेका मानिसहरू, उभिएका मानिसहरू, घरबाहिर तथा  भिड को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?