शैल्यशिखर पुजन जात्रा आज, भोलि मालिकार्जुनमा रात्री जात्रा, दुई दिन सार्वजनिक विदा

दार्चुला । देशकै सात धाममध्येको एक धाम शैल्यशिखर मल्लिकार्जुनको बासस्थान शिखर धुरामा आइतबार (आज) पुजन जात्रा लागेको छ। मालिकार्जुन मन्दिर मडमा लाग्ने रात्री जात्राको अघिल्लो त्रयोदशीको दिन शिखर पुजन जात्रा लाग्ने गर्दछ।

पुजन जात्रामा सहभागि हुन भक्तजनहरु शनिबारदेखि नै शिखरतर्फ लागेका छन्। हिन्दू धर्मावलम्बीहरुको आस्थाको धरोहर मानिने शैल्यशिखर धामको दर्शन गर्न सयौंको संख्यामा भक्तजनहरु मालिकार्जुन पुगेका मालिकार्जुन मन्दिर विकास समितिले जनाएको छ । विवाहित महिला तथा ब्रतबन्ध गरेका पुरुषहरुले १५ दिन अगाडि देखिनै शुद्ध भएर जाने प्रचलन रहिआएको छ। शिवलिगंको रुपमा परिचित शिखर धाममा मालिकार्जुन तथा भागाश्री अर्थात शिव–पार्वतीको मुख्य बासस्थान रहेको मानिन्छ।

मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्रमा पर्ने शैल्यशिखर धाममा प्रत्येक वर्ष असार शुक्ल चतुर्दशी तिथि र कात्तिक शुक्ल त्रयोदशी तिथिमा गरी वर्षमा दुई पटक शिखर पुजन जात्रा लाग्ने गर्दछ भने मालिकार्जुन मन्दिर मडमा कात्तिक शुक्ल चतुर्दशीको दिन वर्षको एक पटक कार्तिक शुक्ल पक्षमा रात्री जात्रा लाग्ने गरेको छ। आइतबार शिखर पुजन जात्रा सम्पन्न भएपछि सोमबार (भोलि) मालिकार्जुन मन्दिर मडको जात्रा सम्पन्न हुनेछ ।

प्रशिद्ध शिखर पुजन जात्रा र मालिकार्जुन जात्राको अवसरमा मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले दुई दिन स्थानीय विदा दिएका छन् । आइतबार र सोमबार जात्राको अवसरमा सार्वजनिक विदा दिइएको मालिकार्जुन गाउँपालिकाले जनाएको छ । जात्रालाई व्यवस्थित गर्न पुर्व तयारी भइरहेको बताइएको छ । दार्चुलाका साथै सुदूरपश्चिमका विभिन्न जिल्ला र भारतको उत्तराखण्डबाट समेत भक्तजन आउने शिखर र मालिकार्जुन जात्रामा मानिसहरुको घुइचो लाग्ने गरेको छ । धार्मीक, व्यापारीक र सामाजिक दृष्टिकोणले जात्रालाई विशेष महत्तका साथ हेरिएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?