आज गोकुलेश्वर र पाटनको चुनावीसभा सम्बोधन गर्न देउवा र प्रचण्ड आउदै, बजार झकिझकाउ

दार्चुला । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्न दार्चुलाको गोकुलेश्वर र बैतडीको पाटन आउदैछन् । देउवा, प्रचण्ड र नेपाल हेलिकोप्टरमार्फत कात्तिक २३ गते आज विहान ११ बजे शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वर आउने कार्यक्रम रहेको छ । यस्तै आजै दिउँसो २ बजे बैतडीको पाटनमा चुनावीसभा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा, पुर्वप्रधानमन्त्री प्रचण्ड दार्चुला आउने भएसंगै नेता, कार्यकर्ता उत्साहित भएका छन् । कार्यक्रमको तयारी पूरा भएको नेताहरूले बताएका छन् । मञ्च व्यवस्थापन देखि आवश्यक तयारी भैसकेको लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाले जनाएको छ।

आमसभामा सहभागी हुन दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर लगायत जिल्लाबाट समेत मानिसहरू गोकुलेश्वर पुगेका छन् । शिर्ष नेताहरू आउने भएसंगै गोकुलेश्वर र पाटन बजार झकिझकाउ पारिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?