दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा विद्युत चार्ज गरिएको छ । केही दिन पहिले रातामाटामा जडान गरिएको ट्रान्सफर्मरमा शनिबार (आज) बिजुली चार्ज गरिएको विद्युत कार्यालयका प्राविधिक सुरेश भट्टले जानकारी दिनुभयो ।
लेकम गाउँपालिकाको केन्द्र रातामाटामा अहिलेसम्म विद्युतिकरण हुन सकेको छैन् । विद्युत ट्रान्सफर्मरको सफल परीक्षण भइसकेकोले अब छिट्टै बिजुली बल्ने आशा बलाएको स्थानीयले बताएका छन् । रातामाटा क्षेत्रमा छिट्टै बिजुली बाल्ने गरी काम भइरहेको बताइएको छ ।
लेकमको अधिकासं क्षेत्रमा अझैपनि विजुली पुगेको छैन् । दार्चुलाको झण्डै ६० प्रतिषत घरधुरीमा विद्युतिकरण हुँन बाँकी रहेको विद्युत वितरण केन्द्र दार्चुलाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया