पूर्व गाबिस अध्यक्षसहित ५० जना एमालेमा प्रवेस, एमाले जितेमात्रै विकास हुन्छः ठगुन्ना

दार्चुला । नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य गणेशसिह ठगुन्नाले गठबन्धन सरकार गठन भएपछि मुलुकमा विकासका काम ठप्प भएको वताउँदै विकासका काम गर्ने दल र उम्मेदवारलाई विजयी बनाएर पुन काम गर्ने अवसर दिन मतदातासँग आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका क्रममा अपिहिमाल र मार्मा गाउँपालिकाको चुनावी आमसभालाई सम्बोधन गर्दै नेता ठगुन्नाले यस्तो आग्रह गर्नुभएको हो । अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका ४१ महिनामा विकासका कामले लिइरहेको गति र वर्तमान गठबन्धन सरकारका १६ महिनाको जनताले तुलना गरी कसले विकास गर्छ भन्ने कुरा बुझेर आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मतदान गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले गठबन्धनले कुनै पनि काम गरेको छैन्, उहाँले भन्नुभयो, विकास काम ठप्प छ । विकास बजेट कटौती गरेर अहिलेको गठबन्धनले आफ्ना आसपासे कार्यकर्ता पाल्ने काममा लागेको भन्दै यसको फैसला जनताले गर्नुपर्ने बताउनुभयो । यो क्षेत्रको पारिबगर खण्डेश्वरी सडक रणनीतिक सडकको रुपमा अहिले कालोपत्रे भइरहेको भन्दै छिट्टै अपिहिमालसम्म सडक सञ्जालमा जोडिने बताउनुभयो । दुई वटा मोटरवेल पुल निर्माण भइरहेको छ । आफुले विभिन्न क्षेत्रबाट सडकको लागि काम गरे कोहीले अहिले आफुले गरेको भन्दै प्रचार गर्ने गरेको भन्दै ठगुन्नाले भन्नुभयो, प्रदेश संघका मन्त्रीले गरेको के छ प्रमाण जनतालाई दिनुपर्याे । कयौं विकास योजनाको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको कारण अलपत्र हुने अवस्थामा पुगेको भन्दै एमाले सरकारका पालामा सुरु भएका योजना पूरा गर्न पुनः एमालेलाई मतदान गरेर विजयी गराउन जनसमुदायमा ठगुन्नाले आग्रह गर्नुभयो ।

जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने, जिल्लाभित्र सडकको विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने काम अघि बढेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीका धेरै कामहरू गरिएको छ । विद्युतीकरण, टेलिफोन, पर्यटन क्षेत्रमा अघि बढेका कामहरु पुरा गर्नुछ । यो देशको विकासको सपना भएको पार्टी एमालेमात्रै भएको भन्दै उहाँले भन्नुभयो, राष्ट्यिता बलियो पार्न र विकासको लागि एमालेको विकल्प छैन् ।

मार्मा गाउँपालिकाको लटिनाथमा भएको चुनावी आमसभामा विभिन्न पार्टी परित्याग गरि २६ जना र मकरीगाडमा भएको चुनावीसभामा २४ जना गरी शनिबार ५० जनाले नेकपा एमालेमा प्रवेस गरेको बताइएको छ । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख खडक बडालका अनुसार लटिनाथमा पुर्व गाबिस अध्यक्ष बहादुरसिह ठगुन्ना, राजेन्द्र भट्ट, रमेश भट्ट, दिपक भट्ट, सुरेश भट्ट, गोविन्द विष्ट, जयन्ती विष्ट, रणबहादुर विष्ट, रमेश विष्ट, कलावती विष्ट, भागरती विष्ट, प्रजापति भट्ट, रुकेश विष्ट, इन्द्रदेव विष्ट, अजुवा भट्ट, गणेश भट्ट, धर्मान्द भट्ट, नरेन्द विष्ट, लालबहादुर विष्ट, मानमति विष्ट, जितेन्द्रबहादुर विष्ट एमाले प्रवेश गरेका छन् । यस्तै मकरीगाडमा मोहनसिंह लोथ्याल, चन्द्र लोथ्याल, बसन्तसिंह लोथ्याल, उपेन्द्र कार्की, जितसिंह धामी, मनबिरसिंह धामी, करनसिंह धामी, जित धामी, यादवसिंह कार्की, रणबहादुर कार्की, कलुवा मन्याल, विन्दा कार्की, रणबिर मन्याल, हरी कार्की, करनसिंह बोहरा, गगनसिंह बोहरा, सिता धामी, कालीदेबी कार्की, राजेश ठेकरे, रविनसिंह ठेकरे, जानकी रोकाया, गोकुल बोहरा, धनपाल बोहरा, हिरा टमटा, गुट्टी देबी धामी र सीता देबि धामी एमालेमा प्रवेस गरेको उहाँले बताउनुभयो ।

नवप्रवेशीहरुलाई प्रतिनिधिसभा उम्मेदवार गणेशसिह ठगुन्ना, प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार रामदत्त जोशी, समानुपातिक उम्मेदवार दीपा बुढाथोकीले टिका लगाएर स्वागत गर्नुभएको छ । भोलि एमालेले नौगाड गाउँपालिकामा चुनावीसभाको आयोजना गर्ने तयारी गरेको जनाएको छ ।

प्रदेशसभा उम्मेदवार हरदेब जोशी लेकमहुँदै मालिकार्जुन
नेकपा एमालेको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार हरदेब जोशी नेतृत्वको प्रचार टोली लेकम गाउँपालिकाका विभिन्न गाउँबस्ती हुँदै मालिकार्जुन गाउँपालिका पुगेको छ । जोशी नेतृत्वको टोलीले आज लेकमको ओडिगाउँ लगायत क्षेत्रमा मतदाता भेटघाट गरेको बताउनुभयो ।

भेटघाटका क्रममा उम्मेदवार जोशीले समग्र विकास र समृद्धिका लागि एमाले उम्मेदवारहरुलाई जिताउन आग्रह गर्नुभयो । जनताको पक्षमा काम गर्ने पार्टी एमालेमात्रै भएकोले अलमलमा नपर्न मतदातालाई उहाँले अनुरोध गर्नुभयो । भोलि मालिकार्जुनका विभिन्न वडामा मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?