दार्चुलामा मन्त्री बडूको सचिवालयमा कार्यरत कर्मचारीले कांग्रेस कार्यकर्ता कुटेपछि…

दार्चुला । दार्चुलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको सचिवालयमा कार्यरत कर्मचारीको कुटपिटबाट एक जना घाइते भएका छन्। दार्चुलाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका बडूको सचिवालयमा कार्यरत रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका हुन्।

सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट घाइते भएका विष्टको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले घटना समान्य भएको बताउनुभयो । पाण्डेले अस्पतालमा उपचारपछि घाइते भएका विष्ट साँझ नै डिस्चार्ज भइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?