दार्चुलाका सीमा नाकामा निगरानी बढाउँदै सशस्त्र प्रहरी

दार्चुला । दार्चुलाका सीमा नाकामा सशस्त्र प्रहरीले निगरानी बढाइरहेको छ। चुनाव नजिकिएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी र आपराधिक क्रियाकलाप बढ्नसक्ने सम्भावना रहने हुँदा सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको हो।

४४ नं गण दार्चुलाका एसपी डम्बरबहादुर विष्टले भारतसँग जोडिएका विभिन्न सीमा नाकाहरुमा अहिले बीओपीमार्फत् निगरानी बढाएको र मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको बताउनुभयो। ४४ नंं. गण दार्चुला मातहतमा अहिले ४ वटा बीओपी र १ वटा गुल्म रहेको बताइएको छ।

जिल्लामा अहिले लाली, जोलजीवी, दत्तु र दुम्लिङमा बीओपी स्थापना भएका छन् भने छाङरुमा गुल्म स्थापना गरिएको सशस्त्र प्रहरी नेपाल नं ४४ गण हेड क्वाटर दार्चुलाले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?