मन्त्री बडू नेतृत्वको टोली लेकमबाट मालिकार्जुनमा, शैल्यशिखर घटनाका घाइते बिष्टसंग भेटघाट

दार्चुला । उम्मेदवारहरु निर्वाचनको मिति जनिकिएसंगै मतदाता भेटघाटमा निकै व्यस्त रहेका छन् । लोकतान्त्रिक बाम गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार एबं मन्त्री दिलेन्द्रप्रसाद बडू नेतृत्वको टोलीले मंगलबार लेकम क्षेत्रमा मतदाता भेटघाट गरेको छ । बडू नेतृत्वको टोलीले आज लेकम गाउँपालिकाको वडा नम्बर १ मा पुगेर मतदाता भेटघाट गरि फर्किएको छ । बित्थडमा मोहन सिंह बोहरा, गजि बोहरा, चन्द्र रावल, राम सिंह रावल, गोकर्ण रावल, रणबहादुर रावल, वासु बोहरा, रैसिहं बोहरा र जनक रावलले गठबन्धनमा प्रवेश गरेको र उनिहरूलाइ मन्त्री बडूले टीका लगाएर पार्टीमा स्वागत गरेको बताइएको छ । बित्थड क्षेत्रमा भेटघाट गरेर मालिकार्जुनको ठिङ सिराड बास बस्ने गरी मन्त्री नेतृत्वको टोलि फर्किएको लोकतान्त्रिक बाम गठबन्धन दार्चुलाले जनाएको छ । प्रदेशसभा क्षेत्र नम्बर २ का उम्मेदवार मानबहादुर धामी नेतृत्वको टोलीले गृहपालिका नौगाडमा भेटघाट गरेको बताइएको छ ।

यसैबिच हिजोको घटनापछि कार्यकर्ताबिचमै विभिन्न टिकाटिप्पणी भइरहेको बेला मन्त्री एबं प्रतिनिधिसभा उम्मेदवार दिलेन्द्रप्रसाद बडू लगायत नेताहरु आज शैल्यशिखर पुगेर मिलाउने प्रयास भएको बताइएको छ । मन्त्री बडू, कांग्रेश नेता जगदिश पाल, माओबादी नेता जमन धामी लगायतले शैल्यशिखर पुगेर घाइते भएका कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्टलाई भेटेर सान्त्वना प्रदान गरेका छन् । रुपेस बिष्ट र राजेन्द्र बिष्टको आपसी विवादका कारण झगडा भएको बताइएको छ । घाइते बिष्टले मन्त्री बडूलाई गालि गरेपछि रुपेस बिष्टले बोत्तल प्रहार गरेको स्रोतले बताइएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका बडूको सचिवालयमा कार्यरत रुपेश विष्टको कुटपिटबाट कांग्रेस क्षेत्रिय समिति सदस्य राजेन्द्र विष्ट घाइते भएका थिए । सोमबार साँझ गोकुलेश्वर बजारको एक होटलमा मदिरा सेवन गरिरहेका बेला आपसी विवादका क्रममा विष्टले क्षेत्रिय समिति सदस्यमाथि बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट घाइते भएका विष्टको गोकुलेश्वर अस्पतालमा उपचार गरिएको छ ।

यस्तै चुनावी प्रचारप्रसार अभियानका क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ सेतकलामा एमालेका संगठित सदस्य गोपालसिंह साउद लगायत पाँच जनाले कांग्रेशमा प्रवेस गरेको र उनिहरुलाई मन्त्री बडूले टिका लगाएर पार्टीमा स्वागत गरेको नेबि संघ दार्चुलाका नेता कृष्णसिंह रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?