गोकुलेश्वरमा राखिएको प्रेसर कुकरभित्र माटो भेटियो, सवारी सञ्चालन, सुरक्षा सतर्कता चुस्त

दार्चुला । दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको बताइएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख विरेन्द्र थापाका अनुसार शनिबार विहान त्यो कुकर हटाएर सवारी सञ्चालनमा ल्याइएको छ। यस्तै जिल्लाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । यसअघि शनिबार बिहानै ३ बजेदेखि पुलमा बम राखिएको भनिएको थियो। त्यसपछि त्यहाँ नेपाली सेनाको टोली समेत पुगेको थियो। सेनाले उक्त प्रेसर कुकर पुलबाट निकालेका थिए। दार्चुलामा निर्वाचन सुरक्षाका लागि ५२८ प्रहरी र ८२७ म्यादी प्रहरी मतदान केन्द्रहरुमा खटिएका छन् ।

गोकुलेश्वरमा कुकर राखिएपछि बम हुनसक्ने आशंकामा रातिबाट सवारी बन्द रहेका थिए। प्रेसर कुकर हटाएसँगै विहानैदेखि सवारी सञ्चालनमा आएको प्रहरीले जनााएको छ। आइतबार मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई बिथोल्ने गरी नेकपा विप्लपले तयारी गरेपछि सुरक्षा सतर्कता झन कडा पारिएको छ ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?