दार्चुला । दार्चुलाका दुई वटा मतदान केन्द्रमा महिलाले निर्वाचन गराउने भएका छन् । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मंसिर ४ गते हुने निर्वाचनमा जिल्लाका दुई वटा मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको मुख्य निर्वाचन अधिकृत एवं दार्चुला जिल्ला न्यायाधीश खेमराज भट्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्ला सदरमुकाम खलंगास्थित अपिनाम्पा संरक्षण क्षेत्रको क र ख केन्द्रमा महिला कर्मचारी मात्रै खटाइएको छ । अपिनाम्पाको क केन्द्रमा जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँद र अपिनाम्पाकै ख केन्द्रमा घरेलु कार्यालयका प्रमुख गंगा मगरलाई मतदान अधिकृतको जिम्मेवारीमा खटाइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दार्चुला जिल्लाभरी १४३ मतदान केन्द्रमा निर्वाचन गर्नका लागि मतदान अधिकृत १४३, सहायक मतदान अधिकृत १४३, सहायक कर्मचारी ६९९, कार्यालय सहयोगी १४३ गरी जम्मा एक हजार १२८ कर्मचारी र स्वयमसेबक ५२७ गरी कुल एक हजार ६५५ जना खटाइएको छ ।
मतदानस्थल तथा केन्द्रहरुमा बुथ बनाउने काम भईरहेको छ । प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतदानका लागि जिल्लाका सबै ठाउँमा बुथ निर्माणको काम धमाधम भईरहेको बताइएको छ । जिल्लाभरी दुई हजार बढी सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?