सामान्य विवादमा मतदान स्थगित नगर्न निर्वाचन आयोगको निर्देशन

दार्चुला । निर्वाचन आयोगले सामान्य विवादमा चुनाव स्थगित नगर्न निर्देशन दिएको छ ।

आयोगले फेसबुकमार्फत् सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको हो ।

आज बिहानदेखि भइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका क्रममा कतिपय जिल्लाका मतदानस्थलमा चुनाव स्थगित भएका छन् । आयोगले बेलुका ५ बजेसम्म मतदान स्थगित भएको सूचना टाँस नगर्न र स्थगित गर्नै पर्ने अवस्थामा आयोगसँग पूर्वसहमति लिनुपर्ने जनाएको छ ।

आयोगले लेखेको छ मतदान केन्द्रमा भएको सामान्य विवादको कारण केही समय स्थगन भएको मतदान कार्य सञ्चालन गर्ने र बेलुका ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नै पर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनु पर्नेछ।ु

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?