दार्चुलाको आगरमा तनाव, प्रहरीद्धारा ३ राउण्ड हवाई फायर

दार्चुला । दार्चुलाको एक मतदान स्थलमा झडपको स्थिति सिर्जना भएपछि ३ राउण्ड हवाइ फायर भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ को मालिकार्जुन मावी आगर मतदान केन्द्रमा तनाव भएपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको हो ।

केही समय विवाद हुँदा दुई पक्षबीच झडपको स्थिति सिर्जना भएपछि भीड तितरबितर पार्न हवाइ फायर गरिएको प्रहरीले जानकारी दिएको छ । केही समयका लागि त्यहाँ मतदान प्रक्रिया रोकिएको जनाइएको छ।

सो मतदान केन्द्रमा पुनः मतदान शुरु गराउनका लागि अहिले सर्वपक्षीय बैठक बसीरहेको प्रहरी निरीक्षक राजेश शाहीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?