दार्चुला । दार्चुलामा एक युवाको शव फेला परेको छ । जिल्लाको व्याँस गाउँपालिकाको वडा नम्बर ४ घोलचौर भन्ने ठाउँमा खोलामा शव भेटिएको हो ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार व्यास गाउँपालिका वडा नम्बर ४ डोकट बस्ने ३५ वर्षीय नरसिंह बिष्टको शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की नेतृत्वको टोली खटिएको छ ।
स्थानीयले हत्या भएको हुनसक्ने आशंका गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया