दार्चुलामा मृत फेला परेका युवाको शव उठेन, हत्यारा पत्ता लगाइ कार्वाही गर्न आफन्तको माग

दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका वडा नम्बर ४ घोलचौर खोलामा एक युवाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीका अनुसार व्यास गाउँपालिका वडा नम्बर ४ डोकट बस्ने ३५ वर्षीय नरसिंह बिष्ट (नरेन्द्र) को शव फेला परेको हो । मंसिर ४ गते मतदानका लागि गएका बिष्ट राति समेत घर नफर्केपछि खोजि कार्य गर्दै जादा सोमबार विहान घोलचौर खोलामा मृत अवस्थामा फेला पर्नुभएको थियो । आफन्त तथा परिवारजनले हत्या भएको हुनसक्ने आशंका गरेका छन् ।

प्रहरी स्रोतका अनुसार मृतकको हत्यारा पत्ता लगाएर कार्वाही प्रकृया सुरु नहुदासम्म शव नबुझ्ने आफन्तको अडान छ । प्रहरी र जनप्रतिनिधिले छलफल गरेर मिलाउने प्रयास गरिरहेको बुझिएको छ । मृतक बिष्ट दार्चुला सदरमुकाम खलंगामा व्यापार व्यवसाय गर्दै आउनुभएको थियो । घटनास्थलमा आज सोमबार दिउँसो देखि प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्की नेतृत्वको टोली खटिएको भएपनि आफन्तले शव बुझेका छैनन ।

मृतक बिष्टको शरीरमा घाउ रहेको बताइएको छ । मृत्यु वा हत्या भएपछि शवलाई जंगलि जनावरले खान खोजेको हुनसक्ने अनुमान गरिएको छ । एउटा खुट्टाको भाग जनावरले खाएको जस्तो देखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?