दार्चुला प्रदेशसभा-१ मा कांग्रेस नेता बिक्रम धामी विजयी

दार्चुला । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर-१ मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार बिक्रमसिंह धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार हरदेब जोशीलाई १६७६ मतान्तरले पराजित गर्दै धामी बिजयी हुनुभएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहनुभएका धामीले १५ हजार १२७ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले १३ हजार ४५१ मत प्राप्त गर्नुभयो । प्रदेशसभा क्षेत्र नम्बर २ मा गठबन्धनकै साझा उम्मेदवार माओवादी नेता मानबहादुर धामी निर्वाचित भइसक्नुभएको छ । प्रतिनिधिसभाको मतगणना जारी छ ।

यस्तो छ अन्तिम मतपरिणाम

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?