दार्चुला । दार्चुलामा एकजना मजदुरको ट्याक्टर दुर्घटनामा परि मृत्यु भएको छ । नौगाड गाउँपालिका ३ स्थित सडकमा सुपप्र ०१ ००२ त ५३१४ नम्बरको ट्याक्टर ढुङ्गा अनलोड गर्ने क्रममा पल्टिएर कैलालीका एक मजदुरको मृत्यु भएको हो ।
बिहीबार सडकको तलपट्टी जाली भर्ने काम गरिरहेका कैलाली गोदावरी नगरपालिका २ का ५० वर्षीय पल्टुराम चौधरीको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरले थिचेर गम्भीर घाइते भएका सोही नगपरपालिका ४ बस्ने ४५ वर्षीय कालुराम चौधरीको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया