खलंगाको महाकाली फेन्सी स्टोरमा आगलागी, ठूलो क्षति

दार्चुला । दार्चुलाको एक फेन्सी स्टोरमा आगलागी हुँदा ठूलो क्षति भएको छ । शनिबार राति ११ बजे महाकाली नगरपालिका–४ राधाकृष्ण चोकको न्यु महाकाली फेन्सी स्टोरमा आगलागी हुँदा ठूलो संख्यामा कपडा र धनमाल जलेर नष्ट भएका हुन् ।

महाकाली नगरपालिकाकै मोहती बस्ने दिपेन्द्र ऐरीको कपडा पशलमा विद्युत तार सट भइ अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । आगलागीबाट मानविय क्षति नभएको तर ठूलो भौतिक क्षति भएको र क्षतिको एकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी टोली खटिएको छ । क्षतिको एकिन विवरण आउन बाँकी रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?