लेकम गाउँपालिकामा प्रशासकीय भवनका लागि जमिन सम्याइदै, छिटो गर्न स्थानीयको माग

दार्चुला । लेकम गाउँपालिकामा प्रशासकीय भवन निर्माणको काम निकै ढिला गरी सुरु भइरहेको छ । पछिल्ला दिनहरुमा भवन निर्माणका लागि जग तयार गर्ने काम (जमिन सम्याउने काम) भइरहेको बताइएको छ ।

ढिलै भएपनि प्रशासकीय भवन बनाउने काम द्रुत गतिमा अगाडी बढेको लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीले जानकारी दिनुभयो । स्थानीयले भने भवन निर्माणमा ढिलाइ भइरहेको भन्दै द्रुत गतिमा निरन्तर निर्माण कार्य गर्न माग गरेका छन् । आफ्नै प्रशासकीय अभावमा कार्यालय सञ्चालन गर्न प्रयाप्त ठाउँ समेत नहुदा सेवा प्रवाह प्रभावित हुने गरेको छ ।

हालसम्म आफ्नै प्रशासकीय भवन निर्माण नहुदा लेकम गाउँपालिकाको कामकाज हुनैनाथ माबि रातामाटाको भवनबाट हुँदै आएको छ । गाउँपालिकाको केन्द्र रातामाटाबाट काम सुरु गर्नुभन्दा पहिले चार बर्ष गाउँपालिकाको अस्थाई केन्द्र खरकडाबाट सेवा प्रवाह गरिएको थियो । विभिन्न कारण र बाहानामा प्रशासनकीय भवन निर्माणमा ढिलाइ गरिदै आएको स्थानीयको गुनासो छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?