लेकममा प्रधानाद्यापकहरुको बैठकमा एक दर्जन निर्णय

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा आज बुधबार प्रधानाद्यापकहरुको बैठक विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ । विभिन्न १२ वटा एजेण्डामाथि छलफल पश्चात आवश्यक निर्णय गर्दै बैठक सम्पन्न भएको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख केशवराज ओझाले जानकारी दिनुभयो ।

बैठकले दोस्रो त्रैमासिक परिक्षा मंसिर २५ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । यहि मंसिर २० गतेदेखि सञ्चालन हुने विज्ञान प्रदर्शनीमा सम्पूर्ण विद्यालय सहभागि भएर पुर्ण सफल पार्ने निर्णय गरिएको छ । दोस्रो त्रैमासिक माग फाराम मंसिर महिनाभित्रै पेस गर्ने निर्णय भएको छ । यस्तै विद्यार्थी र शिक्षक अनुपातका आधारमा विद्यालय समायोजन, कक्षा समायोजन र शिक्षक दरबन्दी मिलान गर्नका लागि कार्यदलमार्फत प्रकृया सुरु गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख ओझाले बताउनुभयो । विद्यालयहरुको शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने सम्बन्धमा गहन छलफल गर्दै नविन शैक्षणिक प्रविधिको प्रयोगका साथ थप सुधारात्मक ढंगले शिक्षण सिकाई क्रियाकलापन गर्ने निर्णय भएको उहाँको भनाई छ ।

विद्यालयहरुको सामाजिक लेखा परीक्षण, विद्यालय सुधार योजना, सिकाई उपलब्धि, दिवा खाजा व्यवस्थापन, विद्यालयमा शिक्षक कर्मचारीको उपस्थिति, स्थानीय पाठ्यपुस्तक, पठनपाठनको गति, बालबालिका कोटाका लागि आवेदन माग गर्ने सम्बन्धनमा पनि छलफल गरिएको उहाँले बताउनुभयो । लेकम गाउँपालिकाभित्रका कतिपय विद्यालयमा कार्यरत शिक्षकहरुसंग लाइसेन्स नभएको पाइएकोले लाइसेन्स पेस गर्ने सम्बन्धमा पनि निर्णय भएको बताइएको छ । लेकमभरीका ४७ सामुदायिक विद्यालयमध्ये १६ विद्यालयमा हालसम्म समेत बालबिकास कोटा नभएकोले थप गर्ने निर्णय गरिएको छ । लेकम गाउँसभाबाट बालबिकास कक्षा थप गर्नका लागि कार्यक्रम स्वीकृत भइसकेकोले आवेदन माग गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

शिक्षा शाखा प्रमुख केशवराज ओझाको अध्यक्षतामा सञ्चालित प्रधानाद्यापक बैठकमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता र प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त भट्ट र वडाअध्यक्षहरुको विशिष्ट आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?