एमाले दार्चुलाद्धारा व्याँस र दुहुँमा कार्यकर्ता भेटघाट तथा मतदाता धन्यबाद कार्यक्रम सम्पन्न

दार्चुला । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मतदातालाई धन्यबाद ज्ञापन गर्न र कार्यकर्ताहरुसंग भेटघाट गर्न दार्चुलाका नौँ वटै स्थानीय तहमा धन्यबाद सभाको आयोजना थालेको छ । अभियान अन्तरगत आज व्याँस गाउँपालिका र दुहुँ गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको छ । मतदातासंग भेटघाट गरेर धन्यवाद ज्ञापन गर्न सबै पालिकामा भेलाको आयोजना गर्ने अभियान अन्तरगत मंगलबार व्याँस र दुहुँ गाउँपालिकामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव एबं प्रचार विभाग प्रमुख खडक बडालले बताउनुभयो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साथ दिदै नेकपा एमालेलाई माया गरि मतदान गर्नु हुने सम्पुर्ण मतदाताहरुलाई भेटेर धन्यबाद ज्ञापन गर्ने र कार्यकर्ताहरुसंग समेत भेटघाट गर्ने उद्धेश्यले भेलाको आयोजना भइरहेको बताइएको छ । सबै पालिकामा पुगेर एमाले पोलिटब्युरो सदस्य एबं प्रतिनिधिसभा उम्मेदवार गणेशसिंह ठगुन्नाको नेतृत्वमा नेताहरुले मतदाता भेटघाट तथा धन्यवाद ज्ञापन कार्यक्रम गरिरहेका छन् ।

मंसिर २० गते विहान ११ वजे ब्याँस गाउँपालिकाको सुन्सेरामा र दिउँसो २ वजे दुहुँ गाउँपालिकाको हिकिलामा भेलाको आयोजना गरिएको छ । यस्तै मंसिर २१ गते विहान ११ वजे नौगाड गाँउपालिकाको होपरिगाडमा र दिउँसो २ बजे मार्मा गाउँपालिकाको लटीनाथमा भेलाको आयोजना हुनेछ । यस्तै मंसिर २२ गते दिउँसो १२ वजे अपी हिमाल गाउँपालिकाको खण्डेश्वरीमा, मंसिर २३ गते विहान ११ शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा र मंसिर २३ गते दिउँसो २ बजे लेकम गाउँपालिकाको चौपातामा भेलाको आयोजना गरिएको छ । मंसिर २४ गते विहान ११ बजे मालिकार्जुन गाउँपालिकाको मडमा र दिउँसो २ वजे महाकाली नगरपालिकाको खलंगामा भेलाको आयोजना गरिएको एमाले दार्चुलाले सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ ।

सबै पालिकामा मतदाता भेटघाट तथा कार्यकर्ता भेला सम्पन्न गरेर जिल्ला कमिटी बैठक मंसिर २५ गते खलंगामा बस्ने जिल्ला कमिटी उपाध्यक्ष चरनसिंह बुढाथोकीले जानकारी दिनुभयो । दार्चुलामा प्रतिनिधिसभा र दुबै प्रदेशसभा क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्राविधिक कारणले पराजित भएपनि सम्मानित मत पाएकोले मतदातालाई धन्यबाद ज्ञापन गर्न भेलाको आयोजना गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

सायद २ जना मानिसहरू, बसिरहेका मानिसहरू, उभिएका मानिसहरू, रूख  र घरबाहिर को फोटो हुनसक्छ

सायद २ जना मानिसहरू  र हिमाल को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?