दार्चुला । दार्चुलाका छुट्टाछुट्टै स्थानमा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ। लेकम गाउँपालिका–३ राडमका ५२ वर्षीय प्रेमसिंह ऐरीको मंगलबार राति भीरबाट खसेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार लाली बजारतर्फ जाने क्रममा भिरबाट खसेर ऐरी २ सय मिटर तल महाकाली नदीमा पर्नुभएको थियो ।
यस्तै बुधबार बिहान महाकाली नगरपालिका–३ का ३१ वर्षीय बीरसिंह भण्डारीको पनि भिरबाट लडेर मृत्यु भएको छ। हुस्कर माध्यमिक विद्यालय काँटैको स्कुल धारदेखि लडेर उहाँ कल्चौडे खोलामा खसेका थिए। उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
उहाँ पसलको डिलमा बसेर घाम तापिरहेका बेला भीरमा खसेको प्रहरीको भनाई छ। दार्चुलामा वर्षेनी भीरबाट लडेर धेरैले अल्पायुमै ज्यान गुमाउदै आएका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया