दार्चुलाको व्याँसका नरसिंह विष्ट हत्या प्रकरणमा थप तीन जना पक्राउ, अनुसन्धान जारी

दुर्गादत्त मिश्र, दार्चुला। दार्चुलामा नरसिंह विष्टको हत्या आरोपमा थप ३ जना पक्राउ परेका छन्। जिल्लाको व्याँस गाउँपालिका–४ का ४० वर्षीय विष्टको हत्या आरोपमा प्रहरीले थप ३ जनालाई पक्राउ गरेको हो। बुधबार हत्या आरोपमा ब्याँस गाउँपालिका–४ का ४३ वर्षीय झुनसिंह विष्ट, ५६ वर्षीय संग्रामसिंह विष्ट र ४३ वर्षीय मोहन विष्टलाई पक्राउ गरिएको दार्चुला प्रहरीले जनाएको छ।

यसअघि मंसिर १२ मा प्रहरीले २५ वर्षीय दिपक विष्टलाई पनि हत्या आरोपमा पक्राउ गरेर सार्वजनिक गरेको थियो। अहिले विष्टसहित सबैलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । ‘केही दिन अघि दिपक विष्टलाई पक्राउ गरेका थियौं। उनको बयान र केही कुराहरु सोधपुछ गर्नुपर्ने भएकोले थप तीन जनालाई नियन्त्रणमा लिएका हौं,’ उहाँले भन्नुभयो, ‘जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेका छौं।’

नरसिंह मंसिर ३ गते बेपत्ता भएका थिए। त्यसको भोलिपल्ट (मंसिर ४ गते) उनी मतदान गर्न नआएपछि स्थानीयले खोजी गर्दा उनको शव खोलामा भेटाएका थिए। उनी दार्चुला सदरमुकाम खलंगामा होटल सञ्चालन गर्दै आएका थिए। उनी प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा मत हाल्न गाउँ गएका बेला घटना भएको थियो। उनकी श्रीमति र ४ जना नाबालक छोरीसमेत छन्। हत्या आरोपमा प्रकाउ परेका आरोपित पनि उनकै गाउँलेहरु हुन्।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?