हुनैनाथ माबि कुणीमा दुई शिक्षकको सम्मानसहित विदाई

दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर २ मा अवस्थित हुनैनाथ माबि कुणीमा कार्यरत दुई जना शिक्षकको विदाई गरिएको छ । विगत लामो समयदेखि शिक्षण सेवा गरेर अवकासप्राप्त गर्नुभएका शिक्षकद्धय नारायणदत्त मिश्र र रघुनाथ जोशीको विदाई गरिएको हो।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा आयोजित कार्यक्रममा लेकम गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शिवराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष पदमसिंह धामी, प्रधानाद्यापक अम्बादत्त जोशी लगायतको आतिथ्यतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मानसहित विदाई गरिएको हो ।

लेकम गाउँपालिका वडा नम्बर ५ सिमखेत घर भएका माबि द्धितिय श्रेणीका शिक्षक नारायणदत्त मिश्र ३८ वर्ष शिक्षण गरेर अनिवार्य अवकास प्राप्त गर्नुभएको छ । भने लेकम गाउँपालिका वडा नम्बर २ कुणी घर भएका प्रावि द्धितिय श्रेणीका शिक्षक रघुनाथ जोशी ३७ वर्ष शिक्षण पेसामा आवद्ध भएर स्वेच्छिक अवकास प्राप्त गर्नुभएको छ । हुनैनाथ माबि कुणीमा नारायणदत्त मिश्रले १७ वर्ष र रघुनाथ जोशीले ३१ वर्ष शिक्षण सेवा गरेको विद्यालयका प्रधानाद्यापकअम्बादत्त जोशीले जानकारी दिनुभयो ।

शिक्षक, अभिभावक र विद्यार्थीको सहभागिता रहेको विदाई समारोहमा विदाइ हुनुभएका शिक्षकहरुलाई सब्द, फुलमाला, अबिर र सम्मानपत्रसहित सम्मान गरेर विदाई गरेको उहाँले बताउनुभयो । उहाँहरुले विद्यालयको चौतर्फी विकासमा पुर्याएको योगदानको कदर गर्दै सुखमय सेवा निवृत्त जीवनको कामनासहित विदाई गरिएको प्रधानाद्यापक जोशीले बताउनुभयो ।

सायद १२ जना मानिसहरू, फूल र घरबाहिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?