व्याँसका पवन महराको मृत्युबारे भारतले बल्ल पठायो जवाफ, जयसिंह हत्याको जवाफै आएन

दार्चुला । सडक निर्माणको क्रममा उछिट्टिएको ढुंगा लागेर दार्चुलामा मृत्यु भएका पवन महराको घटनामा नेपालले पठाएको कूटनीतिक नोटको भारतले एक महिना ढिलो गरी जवाफ दिएको पाइएको छ । भारतीय पक्षले महाकाली नदीपारि तावाघाट–लिपुलेक सडक निर्माणका क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास–२, दुम्लिङका ९ वर्षीय बालक महराको घटनास्थलमै ज्यान गएको थियो ।

गत कात्तिक १० मा महराको मृत्यु भएपछि भोलिपल्टै परराष्ट्र मन्त्रालयले घटना छानबिन गरी दोषीउपर कारबाही गर्नुपर्ने र पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्ने मागसहित भारतलाई कूटनीतिक नोट पठाएको थियो । त्यसको जवाफ भारतको विदेश मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई यही मंसिर ५ मा पठाएको बताइएको छ । भारतले पठाएको जवाफमा घटना भएलगत्तै पीडितलाई राहत दिलाउन विदेश मन्त्रालयले सडक निर्माण कम्पनी गर्ग एन्ड गर्गलाई निर्देशन दिएको उल्लेख गर्दै भविष्यमा यसरी सडक निर्माण गर्दा नेपाली पक्षलाई पनि जानकारी दिने प्रतिबद्धता जनाइएको छ ।

महराको मृत्यु भएको घटनामा गर्ग एन्ड गर्ग कम्पनीले गल्ती स्वीकार गर्दै मृतकको परिवारलाई १० लाख रुपैयाँ भारु राहत उपलब्ध गराएको थियो । सीमा क्षेत्रमा सडक विस्तार गर्ने क्रममा विस्फोट गराउनुअघि भारतीय पक्षले आसपास क्षेत्रमा सूचना प्रवाह गरेको थिएन ।

विस्फोटपछि उछिट्टिएको ढुंगा लागेर एक नेपाली किशोरी पनि घाइते भएकी थिइन् । महाकाली नदी तर्ने क्रममा २०७८ साउन १५ मा तुइनबाट खसेर दार्चुलाका ३३ वर्षीय जयसिंह धामी बेपत्ता भएको विषयमा भने भारतले अझै जवाफ दिएको छैन । सीमा अतिक्रमण लगायत संबेदनसिल विषयहरुमा समेत भारतले कुटनीतिक नोटको जवाफ दिन आलटाल गर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?