रेशम चौधरीलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

दार्चुला । सरकारले टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका रेमश चौधरीलाई छुटाउन अध्यादेश ल्याएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले मुलुकी अपराध संहिताको दफा ११६ मा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो । एक मन्त्री भन्छन्, ‘आममाफी भन्ने शब्द छैन, तर नेगेटिभ लिस्टबाट हटाउने भनिएको छ । मुख्य सचिवले भाषा मिलाउने बाँकी छ भन्नुभएको छ ।’

उनका अनुसार यो अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण भयो भने रेशम छुट्ने छन् । ‘अदालतले पनि मान्नुपर्छ, अदालतको सहमति लिएको छ छैन मलाई थाहा भएन’ ती मन्त्रीले सुनाउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?