शैल्यशिखरमा शैक्षिक अन्तरक्रिया: सरोकारवालाद्धारा १७ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकामा शुक्रबार (आज) शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सरोकारवाला जनप्रतिनिधि, शिक्षा समितिका सदस्यहरु तथा सामुदायिक र संस्थागत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाद्यापकहरुको सहभागितामा एक दिने शैक्षिक अन्तरक्रिया कार्यक्रम २०७९ गोकुलेश्वरमा सम्पन्न भएको हो ।

शैल्यशिखर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सञ्चालन भएको अन्तरक्रिया कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति प्रमुख एबं वडाअध्यक्ष पुष्पराज जोशीको अध्यक्षता र नगरप्रमुख विजयसिंह धामीको प्रमुख आतिथ्यता रहेको थियो । नगर-उपप्रमुख शान्ति खडायत र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर बिष्टको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडाअध्यक्ष लगायत जनप्रतिनिधि, नगरपालिकाभित्रका ५१ सामुदायिक र ४ वटा संस्थागत विद्यालयका अध्यक्ष र प्रधानाद्यापक लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शैक्षिक गुणस्तर सुधार, शिक्षण सिकाईको प्रभावकारीता र विद्यालयको सम्पूर्ण व्यवस्थापकीय सुधारका विषयमा अन्तरक्रिया गरिएको प्रमुख प्रशासकीय अधिकृत बिष्टले जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रमपछि विद्यालय शिक्षा सुधारका लागि १७ बुँदे प्रतिवद्धता पत्रमा हस्ताक्षर समेत भएको उहाँले बताउनुभयो । विद्यालयको समग्र शैक्षिक, भौतिक र व्यवस्थापकीय सुधारका लागि विशेष निर्देशनसहित अन्तरक्रिया सम्पन्न भएको बताइएको छ । शिक्षक, विद्यार्थीले अनिवार्य रुपमा आचारसंहिता पालना गर्ने, परीक्षालाई मर्यादित बनाउने, शिक्षण सिकाई क्रियाकलापलाई समयसापेक्ष, पाठ्यक्रम अनुरुप र गुणस्तरीय बनाउने लगायत १७ बुँदे प्रतिवद्धतामा हस्ताक्षर गर्दै शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नगरपालिकाको लघु उद्यम विकास सहजकर्ता फोकल पर्शन मनोरथ जोशीले जानकारी दिनुभयो ।

प्रतिवद्धताहरु हेर्नुहोस

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?