कुस्मावती कृषि सहकारीको आठौँ साधारणसभा सम्पन्न, इश्वरी जोशीको नेतृत्वमा समिति चयन

दार्चुला । लेकम गाउँपालिका वडा नम्बर ५ रिठाचौपातामा रहेको कुस्मावती कृषि सहकारी संस्था लिमिटेडको आठौँ बार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । साधारणसभाबाट इश्वरी जोशीको अध्यक्षतामा ११ सदस्यिय कार्यकारीणि समिति चयन गरिएको छ । उपाध्यक्षमा तुला गिरी, सचिवमा डिगरदेब पन्त, कोषाध्यक्षमा सुना जोशी निर्वाचित हुनुभएको छ । यस्तै सदस्यहरुमा कमला धामी, पार्वती जोशी, सुशिला बोहरा, बिमला गिरी, सारदा बोहरा, गोपाल सिंह बोहरा र दशरथ पन्त चयन भएको निवर्तमान अध्यक्ष राजेन्द्रसिंह खत्रीले जानकारी दिनुभयो ।

कुस्मावती कृषि सहकारी संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्रसिंह खत्रीको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यता रहेको थियो । लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशी र निवर्तमान गाउँपालिका अध्यक्ष परमानन्द जोशीको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा वडाअध्यक्ष बल्देबसिंह बोहरा, भूपु सैनिक संघ जिल्ला अध्यक्ष तुला गिरी, इलाका प्रहरी चौकी रिठाचौपाताका इन्चार्ज तिलक कलौनी, सञ्चारकर्मी, सहकारीका संस्थाका सेयर सदस्यहरु लगायतको आतिथ्यता र उपस्थिति रहेको थियो । सहकारी संस्थाका व्यवस्थापक अंबिर सिंह बोहराले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन अनुसार सहकारीले गत वर्ष २०७८÷०७९ मा एक करोड ८ लाख ६५ हजार रिण लगानी र एक करोड २४ लाख ३० हजार ६५७ रुपियाँको कारोबार गरेको छ । गत वर्ष १२ लाख ९८ हजार १५३ रुपियाँ आम्दानी गरेकोमा १० लाख ३५ हजार ९३४ खर्च भएको र २ लाख ६२ हजार ११८ रुपियाँ नाफा भएको पाइएको छ ।

कुस्मावती कृषि सहकारीमा हालसम्म ५८४ सेयर सदस्य र ७२ जना बालबचत कर्ता रहेका छन् । कार्यक्रमका विशिष्ट अतिथि माधवी जोशी र प्रमुख अतिथि रामदत्त जोशीले सहकारी संस्थालाई गाउँपालिकाको तर्फबाट अगामी दिनमा सहयोग गर्ने प्रतिवद्धताका साथ प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । संस्थाका निवर्तमान अध्यक्ष राजेन्द्र खत्रीले सहकारी संस्थाको कार्यक्षेत्र बढाउदै लैजाने गरी योजना बनाइएको जानकारी दिनुभयो । सबै वक्ताहरुले कार्यक्रम सफलताको शुभकामना र विभिन्न सुझाबसहित सहकारी संस्थाको प्रगतिको शुभकामना व्यक्त गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?