दार्चुला बहुमुखी क्याम्पसको कविता प्रतियोगिता सम्पन्न, नरेन्द्र जोशी प्रथम

दार्चुला । सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसले शनिबार (आज) महाकाली नगरपालिकाको सल्याडीस्थित क्याम्पसको नयाँ भवन मैदानमा बिद्यार्थी गुणस्तर समुहको आयोजनामा खुला कविता प्रतियोगिता एवम् वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कविता प्रतियोगिता तथा वनभोज कार्यक्रमको अवसरमा बिद्यार्थीहरुबाट कविता बाहेक गजल, कथा चुटकिला र गीतहरु प्रस्तुत गरिएको क्याम्पस प्रमुख कृष्णसिंह साउँदले जानकारी दिनुभयो ।

कविता प्रगियोगितामा नरेन्द्र प्रसाद जोशी प्रथम, जानकी पाल द्धितिय र कपिलदेब भट्टले तृतिय स्थान हालिस गरेको उहाँले बताउनुभयो । बिद्यार्थी गुणस्तर समुहका सचिव सुरज सिंह बिष्टले सञ्चालन गरेको कार्यक्रममा समुहका संयोजक जोवन सिंह डडालको अध्यक्षता र क्याम्पस प्रमुख कृष्णसिंह साउँदको प्रमुख आतिथ्यता रहेको थियो ।

प्राद्यापकहरु मोहनराज जोशी, मदन सिह कार्की, करन सिह साउद, नरेन्द्रराज अवस्थी, बिष्णुदत्त जोशी, माधव प्रसाद अवस्थी, दुर्गा सिह ऐरी, पदम सिह बडाल, खेमराज भट्ट, सोवन सिह धामी, महेश प्रसाद जोशी लगायतको आतिथ्यता रहेको कार्यक्रममा क्याम्पसका कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?