दार्चुलामा एक घाइते महिलाको हेलिकोप्टर मार्फत उद्धार

दार्चुला । दार्चुलामा लडेर गम्भीर घाइते भएकी एक महिलाको हवाई उद्धार गरिएको छ । घाँस काट्ने क्रममा भीरबाट लडेर गम्भीर घाइते भएकी मालिकार्जुन गाउँपालिका –५ डाँडाकोटकी ३४ बर्षीया जस्मा लोहारको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

उहालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको र नेपालगञ्ज मेडिकल कलेजमा उहाको उपचार भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हेमन्ती साउँदले जानकारी दिनुभयो ।

आइतबार साँझ घर नजिकैको दुनी भीरमा घाँस काट्ने बेला लडेर लोहार घाइते भएकी थिइन् । उनलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याएपनि उपचार सम्भव नभएपछि हेलिकोप्टर मार्फत उद्धार गरिएको जनाइएको छ ।

घाइते लोहारको  उद्धारमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयले पहल गरेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?