दार्चुला । लेकमको वडा नम्बर १ सर्मोलीमा विद्युत चार्ज गरिएको छ । वडा नम्बर १ को खिर्रामा राखिएको ट्रान्सफर्मर सफलतापुर्वक चार्ज भएपछि गाउँमा बिजुली छोड्ने तयारी गरिएको हो । ढिलै भएपनि विद्युत बल्न लागेकोमा खुसी लागेको स्थानीयको प्रतिक्रिया छ ।
अहिले तत्कालै सर्मोलीको वडा नम्बर १ को मल्लागाउँ, पट्युडी, ढकनाघर लगायत बस्तीमा विजुली बल्ने लेकम गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष नबराज पन्तले जानकारी दिनुभयो । बाँकी बस्तीमा समेत छिट्टै बिजुली बाल्ने गरी प्रयास भइरहेको उहाँको भनाई छ । लामो प्रयासपछि गाउँमा विजुली बाल्ने प्रयास सफलताको चरणमा पुगेको उहाँले बताउनुभयो ।
केही दिन पहिले मात्रै लेकमको केन्द्र रातामाटामा विद्युत चार्ज गरिएको छ । विगतमा विद्युतिकरण भएका गाउँठाउँमा ट्रान्सफर्मर राखेर बिजुली बाल्ने र विद्युतिकरण हुन बाँकी ठाउँमा छिटो विद्युतिकरण गराउन पहल भइरहेको गाउँपालिकाले जनाएको छ ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया