दार्चुला । व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र सिंह धामी नेतृत्वको टोलीले अर्थ मन्त्री बिष्णु पौडेल र गृहमन्त्री रबि लामिछानेसंग भेटघाट गरेको छ । दार्चुलाको त्रिदेशीय सिमा क्षेत्रमा रहेको ब्याँस गाउँपालिकालाई विषेश ध्यान दिन गृह मन्त्री रवि लामेछाने र अर्थमन्त्री बिष्णु पौडेललाई अनुरोध गरिएको धामीले बताउनुभयो ।
व्याँस गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष समेत रहनुभएका गाउँपालिका प्रबक्ता धामी नेतृत्वको टोलीले बुधबार गृह मन्त्री रवि लामेछाने र विहिबार (आज) अर्थमन्त्री बिष्णुप्रसाद पौडेलसंग भेट गरेर बधाई तथा शुभकामना दिँदै व्याँस लगायत दार्चुलाको विकास र समस्या समाधानका लागि अनुरोध गरिएको जनाइएको छ । सीमा क्षेत्रका नागरिकले सरकार भएको अनुभुति गर्ने गरी विकास निर्माण र सीमा सुरक्षाका कामहरु गर्न अनुरोध गरिएको प्रवक्ता धामीले बताउनुभयो ।
नेपाली भूमि अतिक्रमणको विषय, सीमा क्षेत्रमा देखिएका समस्या, भारतीय तटबन्ध निर्माण, विकासमा पछौटेपन र दैविय प्रकोप लगायत समस्याको समाधानका लागि मन्त्रीहरुसंग अनुरोध गरिएको उहाँको भनाई छ । विकासका लागि दार्चुलालाई प्राथमिकतामा राख्ने र सीमाका विषयमा कुटनीतिक पहल गरिने जवाफ प्राप्त भएको उहाँले बताउनुभयो ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




