माटोको ढिस्कोले च्यापिएर घाइते जोशीको धनगढीमा उपचार हुँदै

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा माटो खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर घाइते हुनुभएका लेकम गाउँपालिका वडा नम्बर ५ मैखोली अम्कुरका इश्वरी जोशीको धनगढीमा उपचार भइरहेको छ ।

लेकमको केन्द्र नजिकै रातामाटामा आज माटो खन्ने क्रममा जोशी माटोको ढिस्कोले च्यापिएर घाइते हुनुभएको थियो । घाइते जोशीलाई उद्धार गरेर लेकम गाउँपालिकाको एम्बुलेन्सबाट उपचारको लागि हिजो (शनिबार) गोकुलेश्वर अस्पताल हुँदै धनगढी लगिएको हो ।

घाइते जोशीको कम्बरमा चोट रहेको र धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको घाइते जोशीका भतिजा जयदेब जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?