व्यासको थीमा नेपाली सेनाको बेस क्याम्प बन्ने

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका २ थीमा नेपाली सेनाको बेस क्याम्प निर्माण हुने भएको छ । हिजो मङ्गलवार बिहान काठमाण्डौबाट आएको नेपाली सेनाको एमआई–१७ हेलिकप्टरले निर्माण सामग्री झारेको सेनाको विकास निर्माण कार्यदल–२ दार्चुलाले जनाएको छ ।

सेनाको विकास निर्माण कार्यदल–२ ले गएको दुई वर्षदेखि दार्चुला–तिङ्कर सडक निर्माण गरिरहेको छ । निर्माण कार्यदलको आयोजना कार्यालय सुन्सेराबाट सडक निर्माण भइरहेका विभिन्न ठाउँमा कम्प्रेसर मेशिन लगायत अन्य मेशिनहरू हेलिकप्टरले ढुवानी गरिरहेको छ ।

दार्चुला–तिङ्कर सडकको कुल लम्बाइ एक सय ३२ किलोमिटरमध्ये ८७ किलोमिटर क्षेत्रमा सेनाको विकास निर्माण कार्यदलले निर्माणको काम गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?