दार्चुला । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलको कार्यसमितिलाई पूर्णता दिनका लागि पार्टीका नेताहरुसँग छलफल गर्न तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई निर्देशन दिनुभएको छ ।
गुरुङले बुधबार (आज) बिहान सभापति देउवालाई उहाँको निवास धुम्बाराहीमा भेटेका थिए ।अन्य समूहका नेताहरुलाई भेटेर तरुण दललाई पूर्णता दिन सभापतिले निर्देशन दिएको गुरुङले बताउनुभयो।
विधानतः तरुण दलको कार्यसमिति ९५ सदस्यीय हुने व्यवस्था छ । कार्यसमितिमा अध्यक्ष बाहेकका पदाधिकारी नहुने उहाँले बताउनुभयो ।
पार्टी केन्द्रको निर्णय अनुसार संघको निर्वाचन सकिएको तीन महिनाभित्र भ्रातृ संस्थाले अधिवेशन गर्नुपर्दछ । १० भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरेको कांग्रेसले पाँच भ्रातृ संस्थाको मूल नेतृत्व मात्रै सभापति देउवाले मनोनित गरेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया