हुनैनाथ माबिमा मातृभूमि छात्रबृत्ति अक्षयकोष, ११ लाख सहयोग गर्ने जोशीलाई अभिनन्दन

दार्चुला । हुनैनाथ माबिमा मातृभूमि छात्रबृत्ति अक्षयकोष स्थापनाका लागि ११ लाख सहयोग गर्ने धर्मानन्द जोशीलाई एक समारोहका बिच विशेष सम्मान तथा अभिनन्दन गरिएको छ । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा अवस्थित हुनैनाथ माबिमा एक औपचारीक समारोहको आयोजना गरी शिक्षाप्रेमी तथा समाजसेवी शैल्यशिखर नगरपालिका वडा नम्बर ८ पपरथलाका धर्मानन्द जोशीलाई सम्मानित गरिएको हो ।

हुनैनाथ माबिका पूर्वछात्र समेत रहेका पपरथला निवासी जोशी हाल युनाइटेड नेसनस एसिसेन्स मिसन इराकमा कार्यरत हुनुहुन्छ । उहाँले हुनैनाथ माबि रातामाटा र गलैनाथ माबि झरकडामा एघार÷एघार लाख रुपियाँ सहयोग गरेर मातृभूमि छात्रबृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ । यो रकम्बाट उत्कृष्ट, जेहेनदार विद्यार्थीले छात्रबृत्ति पाउनेछन् । आइतबार रातामाटामा प्रधानाद्यापक श्यामराज जोशी लगायतले जोशीलाई विशेष सम्मानसहित अभिनन्दन गरेको शिक्षक निलकण्ठ जोशीले जानकारी दिनुभयो । मातृभूमि छात्रबृत्ति अक्षयकोषमा अरुले पनि सहयोग गर्न सक्नेछन् ।

उक्त समारोहमा लेकम गाउँपालिका अध्यक्ष रामदत्त जोशी, उपाध्यक्ष माधवी जोशी लगायत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, अभिभावक, सञ्चार र सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

No description available.

सायद ७ जना मानिसहरू, उभिएका मानिसहरू  र घरबाहिर को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?